• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

nepali katha यमलोकमा जिउँदो मान्छे

एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई  अचम्म  लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे ––  मेरो  पर्सनालिटी अनुसार  यसको  ज्यान  पनि  छ ।

निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए  हात्ती ! तँ  यति ठूलो भएर पनि कसरी मान्छेको दास  भइस् ?  ती  मुला  झ्यासहरूलाई  त  तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?”

हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म  बबुरो  के   गर्न  सक्थेँ  र !”

यमराजले हडबडाउँदै भने,  ” निकै  चतुर  ?  मैले  त यहाँ यमलोकमा आउने  कुनै  पनि  मान्छे  तैँले  भनेजस्तो चतुर देखेको छैन त । सबै रुन्चे,ख्याउटे पकलण्ठुहरू मात्रै देख्छु त ।”

हात्तीले गम्भीर हुँदै भन्यो, ” त्यसो भए तपाईं जिउँदो मान्छेको फेलान परेर  हो  सरकार !  यहाँ आउने मरेका मान्छेहरु त के गरून् ? कसरीचतुर होऊन् ?”

यमराजको पारो तात्यो । आक्रोशित हुँदै भने, “तँलाई मरन्च्याँसे ! मसँग यस्तो कुरा गर्ने ?”

उनले तुरुन्तै आदेश दिए,  “हे  यमदूतहरू !  जाओ,  पृथ्वीबाट  जिउँदो  मानिस  लिएर  आओ !  आज  म  यही  नाथे  हात्तीको अगाडि जिउँदोमान्छेको खुबी हेर्छु !”

“जो आज्ञा महाराज !”

यमदूतहरूले तुरुन्तै पृथ्वीलोकको बाटो तताए । कसलाई लाने होला ? सोच्दै थिए ।  मंसिर,  पुसको  घाममा  आँगनमा  खाट  हालेर  मस्तसुतिरहेका  चिरञ्जीवी  पन्नितलाई  देखे । यमदूतहरुले  आपसमा  सल्लाह  गरे, ” हेर  यो  पन्डित !  बाघझैं  मस्त  घुरेर  सुतिरा’छ । यसैलाईउठाएर लैजाऊँ । टन्टै साफ !”

चिरञ्जीवी घुरिरहे, यमदूतहरूले एकछिन कुरिरहे ।  मस्त  निद्रामा  छ,  एकछिन  उठ्दैन  भन्ने  लागेपछि  यमदूतले  चिरञ्जीवी सुतिरहेकोखाटसहित उठाएर यमलोकतिर उडे ।

आकाशमार्गमा उडिरहेका यमदूतहरू बडा सतर्क थिए । सकेसम्म यो नब्युँझियोस् भन्ने चाहना थियो ।  हजारौं  फिट माथि, हजारौंकिलोमिटर प्रतिघण्टाका दरले उडान भरिरहेका थिए । हावाको वेग  धेरै भएपछि  चिसो भयो, चिरञ्जीवी ब्युँझिए । यसो यताउती हेरे, घर तछैन । मनमा ‘ए शेरे ! हैन म कता आएँ ?’ भन्ने भयो ।  टाउको उठाएर यताउति हेरे । यमदूतलाई देखे ।  संस्कृतमा  शास्त्री  पढेका  हुनालेअनुहार,  पहिरन  देखेर  यमदूत  हुन् भन्ने पक्का भयो । यमलोक गइँदै छ भन्ने बुझे । एउटा सानो कापीको पानामा के-के  लेखेर  गोजीमाहाले,  अनि पूर्ववत् सुतिरहे ।

यमलोकमा खाटसहित चिरञ्जीवीको अवतरण भयो । यमदूतले भने,  “प्रभु !  यही  हो  जिउँदो  मान्छे !  अब  हजुरको  जिम्मा ।”

यमराजले  अरु केही  भन्न  नपाउँदै  चिरञ्जीवी  उठेर  गए र  अघि  लेखेको  कागजको  टुक्रा  यमराजको  हातमा  दिए । यमराजले  कागज  हेरे, जहाँलेखिएको थियो––

“यमराज ! यो पत्र लिएर आउने मान्छेलाई यमलोकका लागि पठाएको छु । चित्रगुप्तलाई  केही  समय  छुट्टी  दिनू  र  सपरिवारस्विट्जरल्यान्ड घुम्न पठाउनू । यो  मान्छे  त्यहाँ  रहुन्जेल  बैकुण्ठ  र  नर्कको  द्वारमा  यसैलाई  राख्नू । चित्रगुप्तको  काम केही दिन यसलेगर्नेछ ।

– विष्णु, बैकुण्ठधाम !”

“पहिलोपटक जिउँदो मान्छे हेर्न खोजेको, भगवान विष्णुले पो कृपा गर्नुभयो । धन्य  अन्तर्यामी  भगवान् !  म  धन्य  भएँ,” गदगद भएर यमराजले भने, “आज नर्कलोकमा भव्य पार्टी हुन्छ ।”

चित्रगुप्त आफ्नो पोका-पन्तुरा  बोकेर  स्विट्जरल्यान्ड  हिँडे । अब  काम आयो-  चिरञ्जीवीको  थाप्लोमा ।  उनी   पनि   के   कम !  मरेर  आएका जति  सबैलाई  खुरुखुरु  बैकुण्ठ पठाउन थाले ।

बैकुण्ठमा मान्छेको भीड बढ्यो, नरक शून्य हुन लाग्यो ।  जनसंख्या  असन्तुलित  भएको  थाहा पाएपछि  भगवान्  विष्णु गरूडमा चढेरयमलोक पुगे । यमराजको दरबारमा पुगेर सीधै हपारे, “चित्रगुप्त  झ्याप छ  कि क्या  हो ? सबै मान्छे बैकुण्ठ आइरा’छन्, नर्क खाली छ ।के  हो  यमराज ?  बज्र  हानेर  तिम्रो  करङ  खुस्काऊँ ?”

यमराजको सातो गयो । भने, “प्रभु ! चित्रगुप्त छुट्टीमा छन् । हजुरले पठाएका चिरञ्जीवीले  का.मु.  भएर  काम  गरिरा’छन् ।”

“मैले पठाएको ? को पठाएँ मैले ?” विष्णु गर्जिए ।

यमराजले त्यही पत्र दिएर भने, “प्रभु ! यो चिरञ्जीवी  आउँदा यही चिट  दिएको थियो,  सोहीअनुरुप  काम  भइरहेको  छ ।”

विष्णुको क्रोधले सीमा नाघ्यो । सीधै  अफिसमा गए । चिरञ्जीवीचाहिँ   अप्सराहरूको  डान्स  हेर्नमा  तल्लीन  थिए ।  विष्णुले  कान  फुट्ने गरी झापड हानेपछि उनी सतर्क भए । तुरुन्त हात जोडे ।

यति भएपछि विष्णुले भने, “तेरीमा हरामी ! तँलाई यो चिठी लेख्न कसले लगायो ?”

चिरञ्जीवीले बडो नम्र स्वरमा भने, “हजुरले लगाउनुभयो प्रभु !”

विष्णु आक्रोशमै थिए, भने, “मैले कहिले लगाएँ ? तेरो खुट्टा भाच्दिऊँ ?”

चिरञ्जीवीले भने, “प्रभु ! भागवद्-गीतामा  स्वयं  हजुरले  भन्नुभएको  छ-  सर्वस्य  चाहं  हृदि  सन्निविष्टः  (म  सबैको  हृदयमा छु) । मेरोहृदयको  आदेशलाई नै  हजुरको  आदेश सम्झेर  चिठी लेखेँ,  किनकि  मभित्र  बस्ने त  हजुर हुनुहुन्छ ।”

विष्णु अवाक् भए ।  होइन भनौं-  गीतामा स्वयं  भनेको । हो  भनौं- काण्ड  मचाइसक्यो । बडो  घोरिएर भने,  “हेर चिरञ्जीवी !  अब  जे  हुनुभैगो,  तँ  पृथ्वी  फर्की,  यी  तैँले  पठाएका  पापीहरूलाई  पनि  म  बैकुण्ठबाट  नर्कमा  ल्याउँछु ।  तँ  घर  जा ।”

चिरञ्जीवीले भने, “ठीक छ तर यी पापीहरूलाई नर्क फर्काउन मिल्दैन ।”

यमराज र हात्ती मुखामुख गरे । जिउँदो मान्छे भगवानसँग पङ्गा लिँदैछ । यमराजको मुटु हल्लियो ।

उता विष्णुको रिसले सीमा नाघ्यो, “तेरीमालाने फटाहा !  तँ को  मलाई सिकाउने ?  यिनीहरूलाई  नर्क पठाए  नि  पाताल पठाए नि मेरोमर्जी ! तँ को बीचमा मिथुन बन्ने ?”

फेरि चिरञ्जीवीले नम्र हुँदै भने, “प्रभु ! गीतामा हजुरले भन्नुभएको छ- यद् गत्त्वा न निवर्तन्ते, तद्धाम परमं मम (मेरो लोकमाआएपछि कोही फर्किनु पर्दैन) । कि त गीताको यो श्लोक झुटो हो  भन्दिनुस्,  नभए  त  यिनीहरू  उतै  रहनुपर्छ । नर्क फिर्ता हुने त विधानै छैन।”

विष्णु फेरि अवाक् भएर सोचे––  हे दैव ! कस्तो घामड फेला परेछ । जता  पनि गीताका  श्लोक पेलेर  मैलाई   अल्झाउँछ ।

एकछिन गहिरिएर सोचे, अनि भने, “यमराज !  यो  जिउँदो  मान्छेलाई  यहाँ राख्नु  उचित छैन,  यो उग्रलाई  पृथ्वी  पठाऊ । चित्रगुप्तलाईफिर्ता बोलाऊ । म बैकुण्ठ जान्छु ।”

विष्णु जान लागे । चिरञ्जीवी बोले, “प्रभु ! पृथ्वी फर्किनुअघि म पनि एकपटक बैकुण्ठ जान चाहन्छु ।”

विष्णुले सोचे–– योसँग बढी कुरा गरे फेरि गीताका श्लोक पेल्छ, बरू लिएर जान्छु सँगै ।

विष्णुले बैकुण्ठ घुम्ने अनुमति दिए । चिरञ्जीवीले फेरि थपे, “प्रभु !  हजुरको  साक्षात्  दर्शन  पाउने,  हजुरका  दिव्य  वाणी  सुन्ने यो हात्तीपनि बैकुण्ठ जान योग्य भयो, यसलाई पनि लिएर जान पाऊँ ।”

के–के के–के भन्ने सोचेर विष्णुले ‘हुन्छ’ भन्न नसकी टाउको हल्लाएर बैकुण्ठ  सवारी भए । जिउँदो  मान्छे   चाहिँ बडा गजबले  हात्ती माथि सवार भएर बैकुण्ठ चले । बैकुण्ठ जान पाएपछि हात्ती पनि दङ्ग  !  जाने  बेलामा  हात्तीले  यमराजको  कानमा  भन्यो, “देख्यौ  बाजे जिउँदो मुन्छेको करामत ?”

यमराजको निधारबाट चिटचिट पसिना आए । अत्यधिक तनावपछि बुंग भुइँमा ढले । स्विट्जरल्यान्ड ट्रिपबाट फर्किएका चित्रगुप्तले पानी छम्किएपछि मात्रै उनको होश आयो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image